काँग्रेस सुदूरपश्चिम सचेतक धामीको विवादित अभिव्यक्ति, काँग्रेस सांसद मात्रै ‘पवित्र’ !

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक बिक्रम धामीले सुदूरपश्चिम प्रदेशमा काँग्रेसी सांसद मात्रै पवित्र रहेको दाबी गरेका छन्।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशले डडेल्धुरामा  आयोजना गरेको  जिल्लाका पालिका प्रमुख, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुराको दाबी गरेका हुन्।

Amargadhi Education

कार्यक्रमको विषयवस्तुभन्दा बाहिर बोलेका उनी  काँग्रेसको गुणगानमै रमाएका थिए।

उनले कुनै समय काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई  पेल्ने गरेको बताउँदै भने,  ‘मलाई काँग्रेस मन नै पर्दैन थियो। तर, अहिले मलाई काँग्रेस भएर गर्व छ। सुदूरपश्चिममा काँग्रेसका सांसद मात्रै पवित्र छन्।’

अजयमेरु फाैजी केरा

धामीले सुदूरपश्चिमका सांसद मात्रै पवित्र भनेपछि अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेशप्रसाद भट्टले समेत आपत्ति जनाएका थिए।

भट्टले उनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सच्याउन आग्रह गरेका थिए।

धामीको अभिव्यक्तिपछि पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले अपवित्र सांसदलाई हटाउनु पर्ने चेतावनी दिए।

उनले कुन विद्यान र प्रदेशको कुन कानुन टेकेर हुन्छ अपवित्र सांसदलाई हटाउनु पर्ने बताए।

अपवित्र सांसदलाई आफूहरूले नमान्ने उनको जिकिर थियो।

धामी दार्चुला प्रदेश सभा क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद हुन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.