नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार सुरुवात, करणले लिए दुई विकेट

dream cafe
learnar

काठमाडौँ : कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ।

पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन्।

GBL NEW

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए।

चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए।

Ddl dental
Leave A Reply

Your email address will not be published.