जेनजी आन्दोलनपछि पनि पुरानै खेल : बदनाम सहसचिव फेरि शक्तिशाली जिल्लामा सीडीओ

सचिव रामेश्वरको मनपरि, गृहमन्त्री बाइपास !

dream cafe
learnar

डडेल्धुरा : सुधारको अपेक्षासहित बनेको नयाँ सरकारले पनि प्रशासनमा पुरानै चलन दोहोर्‍याएको छ।

जेनजी आन्दोलनपछि ‘सफा शासन’को नारा दिएर बनेको सरकारले अघिल्ला विवादमा मुछिएका सहसचिवहरूलाई नै फेरि महत्वपूर्ण जिल्लाको जिम्मेवारी दिएको छ।

Amargadhi Education

गृह मन्त्रालयले आइतबार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गर्दा कतिपय पुराना विवादित सहसचिवहरू पुनः शक्तिशाली जिल्लामा फर्किएका छन्।

काठमाडौं महानगरमा कार्यरत रहँदा मेयर बालेन शाहले कारबाही गरेका सहसचिव बसन्त अधिकारीलाई मकवानपुर पठाइएको छ।

बारामा कार्यरत रहँदा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै आलोचित भएका उनी पुनः जिम्मेवारीमा फर्किएका हुन्।

अजयमेरु फाैजी केरा

त्यस्तै, रुपन्देहीमा ‘काम गर्न नसकेको’ भन्दै हटाइएका वासुदेव घिमिरेलाई संवेदनशील जिल्ला सुनसरीको सीडीओ बनाइएको छ।

अध्यागमन विभागमा रहँदा भिजिट भिसाको सेटिङमा मुछिएका उनी अहिले पुनः प्रशासनको केन्द्रमा पुगेका छन्।

कैलालीबाट तीन महिनाअघि मात्रै फिर्ता बोलाइएका गोगनबहादुर हमाललाई पनि बर्दिया पठाइएको छ।

अध्यागमनमा रहँदा आर्थिक अनियमितताको आरोप खेपेका उनीमाथि पनि विवाद कायमै छ।

गृह मन्त्रालयले वरिष्ठता र क्षमताभन्दा पनि पहुँचको आधारमा सरुवा गरेको आरोप लागेको छ।

सचिव रामेश्वर दंगालले सरुवा सूचीमा मनपरी गरेको भन्दै आन्तरिक असन्तुष्टि छ भने, गृह मन्त्री ओमप्रकाश अर्याललाई समेत ‘बाइपास’ गरेर चलखेल भएको चर्चा छ।

सुधारको आशा बोकेर बनेको सरकारले पुरानै विवादित र असफल भनिएका अधिकारीहरूलाई जिम्मेवारी दिँदा, ‘सिस्टम बदल्ने’ नारा फेरि खोक्रो सावित भएको टिप्पणी सरकारी वृत्तमै सुनिन थालेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.