आज रातिदेखि वर्षा र हिमपातको सम्भावना

dream cafe
learnar

धनगढी : आज (सोमबार) रातिदेखि देशका विभिन्न भू-भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो १२ बजे वशेष बुलेटिन जारी गर्दै आज रातिदेखि पर्सी (बुधबार) बिहानसम्म देशका विभिन्न भू-भागमा वर्षासँगै हिमतपात हुने सम्भावना रहेको जनाएको छ।

Bohora madico
HARDIK AGRo NEw

विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आजरातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्भावित हिमपात/ वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.