डडेल्धुरामा ‘ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा, १६ भेरायटीका कफी उपलब्ध

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–५ तुफानडाँडामा ‘ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आज (सोमवार) एक विशेष कार्यक्रमकाबीच उक्त क्याफेको उद्घाटन गरिएको हो।

Amargadhi Education

स्थानीय युवाहरूको संयुक्त पहलमा करिब ५० लाख रुपैयाँ लगानीमा सुरु गरिएको क्याफे रेस्टुरेन्ट नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनको माथिल्लो तलामा सञ्चालनमा ल्याइएको सञ्चालक उपेन्द्र अवस्थीले जानकारी दिए।

उनकाअनुसार डडेल्धुरामा कफी क्याफे नहुँदा कफी पारखीहरूका लागि विकल्पको कमी थियो। त्यसैलाई मध्यनजर गर्दै आधुनिक सेवा र शान्त वातावरणमा कफीको स्वाद लिन सक्ने ठाउँको रूपमा ड्रिम क्याफे सञ्चालनमा ल्याइएको हो।

‘नेपालमा कफी पिउने संस्कृति तीव्र गतिमा बढ्दैछ। अब डडेल्धुरा आउने पर्यटक र स्थानीयले पनि काठमाडौं वा धनगढीजस्तै गुणस्तरीय कफीको स्वाद यहीँ पाउनेछन्,’ अवस्थीले भने।

अजयमेरु फाैजी केरा

क्याफेमा हाल १६ भेरायटीका कफी उपलब्ध छन्।

साथै, सुपथ मूल्यमा विभिन्न भेज तथा ननभेज खाजानास्ता, लोक कुखुराका परिकार र विविध पेय पदार्थ पनि पाइनेछन्।

रेस्टुरेन्टका सञ्चालकहरूले कफीको साथमा परिवार वा साथीहरूसँग बस्नका लागि शान्त, रमणीय र आत्मीय वातावरण तयार पारिएको जनाएका छन्।

लगानीका साथसाथै यस क्याफेले ५ जना स्थानीय युवालाई रोजगारी पनि प्रदान गरेको छ।

सञ्चालक अवस्थीका अनुसार आगामी दिनमा क्याफेलाई डडेल्धुराको पर्यटनमैत्री भेटघाट स्थलका रूपमा विस्तार गर्ने योजना रहेको छ।

ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट डडेल्धुरा आउने पर्यटक र स्थानीयवासी दुवैका लागि नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.