बिहेबाट फर्किने क्रममा डडेल्धुरामा एक बालक कुटिए, आइसियुमा उपचार हुँदै

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरामा बालक कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका-३ चौडका ३५ वर्षीय करन बोहरा रहेका छन्।

GBL NEW

आज (शुक्रबार) बिहान बोहराले आलिताल-३ पड्याममा एक बिहेबाट घर जाने क्रममा छिमेकी गाँउ नागपानीका १६ वर्षीय बिनोद थापामगरलाई कुटपिट गरेका थिए।

बिहेबाट घर जानेक्रममा थापाले कुटपिट गरेको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय जोगबुढामा उजुरी दिएका छन्।

हिजो (बुधबार) राति बिहेमा गएका मगर को घर जानेक्रममा थापा र बोहरासँग विवाद हुँदा टाउकोमा लाठ्ठीले हिर्काएर घाइते बनाएको पीडित पक्षको आरोप छ।

पीडितको  टाउकोमा गम्भीर चोट लागेको र उनको घाइते थापाको धनगढी स्थित निसर्ग अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गगनसिंह भाटले जानकारी दिए।

इन्सपेक्टर भाटले पीडित पक्षको उजुरी पश्चात् बोहरालाई नियन्त्रणमा लिइएको  र अनुसन्धानका भइरहेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.