डडेल्धुराका राजनीतिक दलहरूद्वारा जेनजी आन्दोलनमा संलग्न तोडफोडकर्तामाथि कारबाहीको माग

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका राजनीतिक दलहरूले जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

दलहरूले सरकारी तथा राजनीतिक दलका कार्यालय, संघसंस्था र निजी सम्पत्तिमा तोडफोड गर्नेहरूको पहिचान गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई संयुक्त रूपमा मागपत्र बुझाएका हुन्।

Bohora madico

भदौ २३ र २४ गते जेनजी समूहले गरेको प्रदर्शनपछि आइतबार बसेको डडेल्धुरास्थित राजनीतिक दलहरूको संयुक्त बैठकले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई लिखित अनुरोध गरेको हो।

संयुक्त मागपत्रमा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद, नेकपा (एमाले)का जिल्ला अध्यक्ष गजेन्द्र शाही, नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य चक्रसिंह ठकुराठी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सुरेन्द्र अवस्थी र नेकपा (एकीकृत समाजवादी)का सचिव भुवन पाठकका हस्ताक्षर रहेका छन्।

HARDIK AGRo NEw

दलहरूले विद्यमान राजनीतिक अवस्था र नजिकिँदै आएका चाडपर्वलाई ध्यानमा राख्दै जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न पनि प्रशासनलाई आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटनाबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

जेनजी समर्थक युवाहरूले जिल्ला निर्वाचन कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत, नापी, यातायात, अमरगढी नगरपालिकाको कार्यालय, अमरगढी नगरपालिका वडा नं. ५ को कार्यालय र नवदुर्गा गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका थिए। यी कार्यालयहरूमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

त्यसैगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस (बीपी) का पार्टी कार्यालयहरूमा समेत तोडफोड भएको थियो। साथै, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) का कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.