यी हुन् डोटी इभी गाडी दुर्घटनामा ज्यान गुमाउने र घाइते [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भीमदत्त राजमार्गमा आज बिहान इभी गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सुप्र प्रदेश ०१–००१ ख ३९५६ नम्बरको इभी हाईस गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Amargadhi Education

दुर्घटनामा परी अछामको मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।

अजयमेरु फाैजी केरा

गाडी चालक कैलाली, धनगढी उपमहानगरपालिका–१२ बी गाउँका ३८ वर्षीय देबबहादुर थापा पनि घाइते भएका छन्। डोटी प्रहरीका अनुसार गाडीमा यात्रारत अधिकांश यात्रु अछाम र कैलाली जिल्लाका रहेका छन्।

प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जना प्रहरी टोलीले उद्दार गरी घाइतेलाई तत्काल पद्मा अस्पताल, अत्तरियातर्फ पठाइएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूमा लोकेन्द्र रावल (१८), एकेन्द्र बिक (१६), मोतिकला परियार (३५), बिराज परियार (११), भिम बहादुर ढोली (५३), श्रृस्टि परियार (११), बिनोद परियार (१९), मनसरी परियार (३०) लगायत छन्।

साथै, ५ वर्षीय दुई बालिका आहाना परियार र एलिसा परियारसहित सुप्रिया परियार (४), गौरी परियार (२१), र चक्र परियार (४३) सामान्य घाइते भएका छन्।

घाइतेको अवस्थाअनुसार उनीहरूको उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.