खगराजलाई एमालेको फोन, के माओवादी छोड्ने मूडमा पुगेका हुन् ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका  पाका नेता खगराज भट्ट  अहिले आफूमाथि अन्याय भएको बताइरहेका छन्।

सुदूरपश्चिम प्रदेशबाट माओवादीको एकमात्र स्थायी कमिटी सदस्य रहेका भट्टले यसपटक ठूलो धक्का खाएका छन्।

Amargadhi Education

काँग्रेस सभापति शेरबहादुर देउवालाई निर्वाचनमा डडेल्धुराबाट कडा चुनाैती पेस गर्ने खगराजले गत निर्वाचनमा प्रदेश तर्फ उम्मेदवारी दिएका थिए।

डडेल्धुरा प्रदेश (क) बाट गठबन्धनका उम्मेदवार बनेका उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिए।

डडेल्धुरा वा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उठ्ने चासो देखाएपनि डडेल्धुराबाट देउवा र कञ्चनपुरमा एनपी साउद उठेपछि उनी प्रदेशमा थन्किएका थिए।

प्रदेशमा उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाले उनलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन दिएको खगराज बताउँछन्।

भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ। माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो।

माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ।

अजयमेरु फाैजी केरा

साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ। यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन्।

यसअघि भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अब गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ। यस्तै प्रदेशको सहइन्चार्जको जिम्मेवारी विना मगरलाई दिइएको छ।

आफूमाथि प्रचण्ड (बालुवाटार) ले अन्याय गरेको आरोप खगराजको छ। सुदूरपश्चिमको इन्चार्ज हुँदा समेत नाम मात्रैको इन्चार्ज बनाएको आरोप उनको छ।

गत स्थानीय तहको निर्वाचनमा समेत टिकट वितरण गर्दा आफूलाई माथिबाटै दबाब दिएको उनको भनाइ छ। कञ्चनपुरको शुक्लाफाँटामा आफू निकट योग्य उम्मेदवारलाई टिकट दिन खोज्दा प्रचण्डले हस्ताक्षर गर्ने जिम्मेवारी समेत खोसेको बताउँछन्, भट्ट।

प्रचण्डको निर्देशन विना आफूले पूर्णविराम र कमा समेत कहीँकतै नलगाएको दाबी खगराजको छ। आफूलाई संसदीय दलको नेताबाट हटाउने डिजाइन समेत प्रचण्डले रचेको उनले जिकिर गरे।

एमालेको फोन
माओवादीमा अन्याय भएको बताइरहेका खगराजलाई नेकपा एमालेमा प्रवेश गर्न फोन आएको खगराज बताउँछन्। तर, उनी आफू माओवादीमै संघर्ष गर्ने बताउँछन्।

‘एमाले नेता लेखराज भट्टको त आएको छैन्। अरूको आएको छ। यो सामान्य कुरा हो। एमालेको कोही नेता रुष्ट हुँदा माओवादी र माओवादीकाे कोही नेता रुष्ट हुँदा एमालेले सम्पर्क गरिहाल्छन्, यो त चलिहाल्छ नि,’
उनले भने।

उनले खगराज माओवादीबाट दायाँबायाँ जान्छ भनेर कल्पना गर्नु भनेको मनको लड्डु घिउसँग खानु सरह भएको बताए।

उनले सुदूरपश्चिमका इन्चार्ज पोखरेललाई सुदूरपश्चिममा एउटा बैठक गरेर देखाउन चुनाैती समेत दिएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.