महोत्सवमा ‘रोइरोइ’ नाचेर भाइरल बनेकी नाथको निधन, घटना शंकाष्पद

dream cafe
learnar

धनगढी :  कञ्चनपुरकी कलाकार आँचल नाथको निधन भएको छ।

बिहीबार साँझ काठमाडौंस्थित डेरामै जलेर गम्भीर घाइते भएकी उनी उपचारका क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा शनिबार बिहान निधन भएको परिवारले पुष्टि गरेको छ।

८० प्रतिशत शरीर जलेकी आँचललाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। तर चिकित्सकहरूले बचाउन नसकेको बताएका छन्।

चार वर्षअघि सुनौलो भविष्यको खोजीमा काठमाडौं आएकी आँचल मोडलिङ र टिकटकमार्फत चर्चामा आएकी थिइन्।

अजयमेरु फाैजी केरा

पछिल्लो समय भने उनी सामाजिक सञ्जालमै केही युवाबाट चरित्र हत्या र ‘मारिदिन्छु’सम्मका धम्कीको शिकार भएको दाबी उनका भाइ दीपेन्द्रले गरेका थिए।

‘दिदीले आफैंलाई पेट्रोल हालेर आगो लगाउने मान्छे होइनन्, यो निश्चितै शंकास्पद घटना हो,’ दीपेन्द्रले बताएका छन्। उनका अनुसार टिकटक लाइभमार्फत आँचललाई पटक–पटक अपमानजनक आरोप लगाइएको थियो।

कैलालीको अत्तरियास्थित सुदूरपश्चिम प्रादेशिक महोतसवमा गायक पुष्कल शर्माको गीतमा भावुक भएर रोइरोइ नाचेको दृश्य भाइरल भएपछि उनी चर्चामा आएकी थिइन्।

र, यो पनि : 

कोठामै जलेर भेटिनुअघि कलाकार आँचललाई आएको थियो मार्ने धम्की

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.