पूर्वविशिष्ट र भीभीआईपीको सुविधामा कटौती गर्न गृह मन्त्रालयलाई पत्राचार

dream cafe
learnar

काठमाडौं : अर्थ मन्त्रालयले पूर्वविशिष्ट एवं भीभीआईपीको सुविधामा कटौती गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विगतमा मन्त्रिपरिषद्‌बाट निर्णय गराएर आफूखुसी पूर्वविशिष्टलाई सेवासुविधा दिँदै आएको पाइएपछि गृहलाई पत्राचार गरिएको हो।

मितव्ययी अपनाउने भन्दै अर्थले पूर्वराष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वउपाध्यक्षहरूको समेत सुविधा खोस्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो।

अजयमेरु फाैजी केरा

अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘विशिष्टका नाममा लावालस्कर सुरक्षाकर्मी, इन्धन लगायत सुविधा उपभोग गरेर राज्यको सम्पत्ति दोहन गरेको पाइयो, आफूखुसी निर्देशिका बनाएर पाइआएको सुविधा रोक्न गृहलाई पत्राचार गिरिएको हो।’

व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को नाममा प्रहरी र सशस्त्र प्रहरीको अनावश्यक खटनपटन समेत रोक्न परिपत्र गरिएको छ।

अर्थका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘विशिष्टका नाममा ३० देखि ३५ जना सुरक्षाकर्मी समेत परिचालन गरिएको देखियो, ति सुरक्षाकर्मीलाई अन्य जिम्मेवारी दिनुपर्ने देखिएपछि परिपत्र गरिएको हो।’

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.