बोहरा मेडिको सेन्टर

डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ विद्यालयमा पुस्तकालय स्थापना

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ।

विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ।

CNA
GBL NEW

पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा (दुर्गम लाइब्रेरी अभियन्ता), हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानकोे सहयोग रहेको जनाइएको छ।

अजयमेरु–४ को मणिलेक मावि चिपुर, भुपनेश्वरी आबि मड, चिपुर, वडा नंम्बर–५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नंम्बर–६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ।

पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्यचित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले बताए।  रासस

Ddl dental
Leave A Reply

Your email address will not be published.