भोलि सूर्यग्रहण लाग्ने, सोह्रश्राद्ध गर्ने कि नगर्ने ?

dream cafe
learnar

धनगढी ; नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ।

अजयमेरु फाैजी केरा

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहणको सन्दर्भमा सोह्रश्राद्ध गर्ने कि नगर्ने भन्ने जिज्ञासा धर्मावलम्बीहरूले राखेका थिए। यस विषयमा समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले नेपालमा ग्रहण नदेखिने भएकाले बार्नु नपर्ने र दोष पनि नलाग्ने स्पष्ट पारेका छन्।

Amargadhi Education

उनका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीहरूले बार्नु नपर्ने शास्त्रीय वचनमा उल्लेख छ।

उक्त सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिका लगायतका देशबाट मात्र देखिने जनाइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.