डिजिटल नेपालको सपनाका साक्षात्कारी नायक ‘केशव नेपाल’

dream cafe
learnar
डडेल्धुरा : नेपालको संचार क्षेत्रमा राष्ट्रले न देखेको तर अथक परिश्रम र दूरदृष्टिले देशको डिजिटल भविष्यमा गढिरहेका एक व्यक्ति छन्, केशव नेपाल।
Ird
नेपाल वल्र्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
नेपालको जन्म एक सरकारी जागिरे परिवारमा भएको हो। बाल्यकालदेखि नै अनुशासन, जिम्मेवारी र आत्मनिर्भरताको भावना थियो, उनीमा।
उनको शिक्षाको सुरुवात पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुल (GBS) बाट भएको थियो। सो समयमा  विद्यालयको व्यवस्थापन विदेशी टिमले हेरिरहेको थियो।
त्यसैले होला विद्यालयमा कडा अनुशासन र गुणस्तरीय शिक्षाको वातावरण निर्माण भएको थियो। यही वातावरणले उनमा कडा अध्ययन, जिज्ञासा र लगनशीलताको बीउ रोप्यो। त्यसपछि उनले बुटवल मल्टिपल क्याम्पसबाट उच्च शिक्षा हासिल गरे।
आत्मनिर्भर बन्ने इच्छाले उनलाई विद्यार्थी जीवनमै बस किन्न प्रेरित गर्यो। चार वर्षसम्म उनले आफैं रात्रि  बस चलाए। आर्थिक रूपमा मात्र होइन, नेपाली समाजको वास्तविकता चिन्ने अवसर मिल्यो।
उनले साधारण मानिसहरूको संघर्ष, जीवनशैली र मेहनतलाई प्रत्यक्ष रूपमा महशुस गरे। यसैबीच उनमा पत्रकारिता गर्ने हुटहुटी जाग्यो। बुटवलमा रहँदा उनले अंग्रेजी पत्रिका सुरु गरे। जसले उनमा विचार, लेखन र संचार क्षमताको विकास भयो।
केही समयपछि उनी संघीय राजधानी काठमाडौं हानिए। त्यहाँ उनी मेडिकल ट्रान्सलेशनमा काम गर्न थाले। छोटो समयमै उनले आफ्नो प्रतिभा देखाए।
कनेक्सन पाक्षिकमा सम्पादक भ्खभचभकत जभचबमि मा रिपोटर युथटुडे जस्ता पत्रिकामा सम्पादक प्रकाशक भएर काम गरे। तर, उनको मन सधैं उद्यमशीलतातर्फ लागिरहन्थ्यो।
त्यसैले उनी काठमाडौंबाट फर्केर नयाँ केही गर्ने सोचमा लागे। नेपालमा सस्तो र सहज इन्टरनेट पु¥याउनु पर्छ भन्ने तर्फ उनको ध्यान गयो। यही सोचाइले होला उनीमा बुटवलमा ‘बायु कम’ नामक इन्टरनेट व्यवसाय सुरु गर्न प्रेरित गर्यो।
आफै जीप चलाउँदै उनी नेपालका पहाडी–तराई भूभागमा घुमेर टावर राख्ने सम्भावना खोज्थे।
HARDIK AGRo NEw
यसरी उनी नेपालमै पहिलो व्यक्ति बने जसले फोन लाइनबिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गरे। प्रविधि अगाडि बढ्दै जाँदा केशव नेपालले FTTH (फाइबर टु द होम) को अध्यनगरे र यसको  विस्तारमा ध्यान दिए।
जसले सार्वजनिक इन्टरनेटलाई अझ भरोसायोग्य र सस्तो बनायो। नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले ‘लुम्बिनी नेट’ नामक कम्पनी स्थापना गरे।
लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वल्र्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वल्र्डलिंक कम्युनिकेसनको सीईओ बने। सीईओ बनेका बेला वल्र्डलिंकसँग करिब ७५ हजार मात्र प्रयोगकर्ता थिए।
तर, उनको दृष्टि, योजनाबद्धता र कार्यान्वयन क्षमताले यो संख्यालाई १० लाखभन्दा बढी पुर्यायो। यसरी उनी नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ उचाइमा पुर्याउने मुख्य शिल्पी बने।
नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन। उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी व्यक्ति हुन्।
जब सरकारले डिजिटल नेपालको योजना बनाइराखेको थियो, उनी कर्णाली प्रदेशको हुम्ला जस्ता दुर्गम जिल्लाका सिमकोट जस्ता गाउँपालिकामा पुगेर अध्ययन गरिरहेका थिए।
उनी सुदूरपश्चिमका सबै हिमाली भेगमा महिनौं लगाएर पैदल घुमेका छन्, स्थानिय आवश्यकता र सम्भावनाहरूको अध्ययन गरेका छन्।
 यो उनको राष्ट्रप्रतिको गहिरो लगाव र सेवाको भावनाको प्रमाण हो।
आफ्नो नेतृत्व क्षमतालाई अझ बलियो बनाउन उनले विश्वप्रसिद्ध INSEED बाट Executive MBA (EMBA) गरे। यसले उनलाई अन्तर्राष्ट्रिय अनुभव, प्रबन्धकीय कौशल र दीर्घकालीन दृष्टि प्रदान गर्यो।
उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन्। उनलाई नोकिया गेट टू फास्ट फास्टर २०१९ सम्मेलनमा Business As Unusual पुरस्कारले सम्मानित गरिएको छ।
Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.