शुक्लाफाँटामा निःशुल्क आँखा जाँच, औषधि र चस्मा सित्तैमा

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधबारबाट  निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ।

धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।

Amargadhi Education

नगरपालिकाका १२ वटै वडाका बासिन्दालाई आँखाको उपचार सेवा घरदैलोमै पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य सेवा शाखाका प्रमुख परमानन्द भट्टले जानकारी दिए।

अजयमेरु फाैजी केरा

पहिलो दिन वडा नं २ मा शिविर सञ्चालन गरिएको छ। जहाँ १८७ जनाले सेवा लिए।

मोतिया विन्दु भएका ८ जनाको निःशुल्क शल्यक्रियाका लागि सिफारिस पनि गरिएको छ।

यस्तै आँखाको दृष्टि कमजोर भएका ३९ जनालाई निःशुल्करुपमा चस्मा वितरण गरिएको छ।

फागुन २७ गतेसम्म आँखा शिविर सञ्चालन गरिने नगरपालिका उपप्रमुख कल्पना पन्तले जानकारी दिइन्।

उनका अनुसार फागुन १७ गते आधारभूत स्वास्थ्य केन्द्र पिपलाडी, १८ गते आधारभूत स्वास्थ्य केन्द्र सिसैया, १९ गते शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनी, २० गते वडा नं ६ को वडा कार्यालय भवन, २१ गते एक नम्बर वडा कार्यालय, २२ गते पिपलाडी स्वास्थ्यचौकीमा, २३ गते ७ नं वडा कार्यालय, २४ गते ८ नं वडा कार्यालय भवन, २६ गते आधारभूत स्वास्थ्य केन्द्र दीपनगर र फागुन २७ गते आधारभूत स्वास्थ्य केन्द्र कालागौंडीमा शिविर सञ्चालन गरिने छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.