कलेज गएका श्रीयम ड्रेसमै बने ‘जेन्जी’ आन्दोलनको बलि

dream cafe
learnar

धनगढी : ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत श्रीयम चौंलागाईं अन्य दिनजस्तै सोमबार बिहान कलेज पुगेका थिए।

मध्य बानेश्वरस्थित कलेजमा बिहानको पढाइ सकाएर करिब ११ बजे घर फर्कन निस्किएका उनी घर पुग्न भने सकेनन्।

बोहरा मेडिको सेन्टर

काठमाडौंको पेप्सीकोलामा बस्ने १८ वर्षीय चौंलागाईं माइतीघरबाट सुरु भएको जेन्जी आन्दोलनको प्रदर्शनमा कलेज ड्रेसमै सामेल भएका थिए।

GBL NEW

त्यही क्रममा प्रहरीले प्रहार गरेको गोली लाग्दा उनी घाइते भए।

तत्कालै त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारको क्रममा दिउँसो करिब २–३ बजेतिर उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

ग्लोबल कलेजका प्रध्यानाध्यापक अम्बादत्त जोशीका अनुसार घटना भएको थाहा पाएलगत्तै दिउँसो अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई अभिभावकको जिम्मा लगाएर कलेज बसमार्फत पठाइएको थियो।

जेन्जी आन्दोलनमा चौंलागाईंसहित काठमाडौंमा मात्रै १८ जनाको ज्यान गएको छ भने सुनसरीको इटहरीमा थप २ जनाको मृत्यु भएको छ। अहिलेसम्म अढाई सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.