बहुलाहरुलाई ‘जेन्जी’ आन्दोलनमा बाठो नबन्न बालेनको चेतावनी

dream cafe
learnar

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेन्जी पुस्ताले भोलि आयोजना गर्न लागेको संसद भवन घेराउ कार्यक्रमको समर्थन गरेका छन्। सरकारले निष्क्रिय बनाएको फेसबुकमार्फत् उनले आज ऐक्यबद्धता जनाएका हुन्।

उमेर हदको कारण आफू आन्दोलनमा सहभागी हुन नमिल्ने भए पनि भरपुर समर्थन रहेको उनले जानकारी दिएका छन्। ‘भोलिको र्याली स्पष्ट स्वःस्फूर्तरुपमा जेन जीको हो, उहाँहरु भनेको २८ वर्षमुनिका हुनुहुन्छ’, उनले भनेका छन्, ‘मलाई पनि उहाँहरुको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ।’

Amargadhi Education
अजयमेरु फाैजी केरा

बालेनले जेन जीको आन्दोलनमार्फत् आफ्नो स्वार्थ पूरा गर्नेगरी कोही बाठो नबन्न पनि चेतावनी दिएका छन्।

‘भोलि यो स्वःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरु आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला’, उनले थपेका छन्, ‘प्रिय जेन जी, भन्नुस् तपाईंहरु कस्तो देश देख्न चाहनुहुन्छ?’

सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार बनाउँदै गत बुधबार सूचीकरण नभएका फेसबुक, युटुब, ट्वीटरसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो, त्यसयता नागरिक टिकटकमा झुम्मिएको पाइन्छ। यही सेरोफेरोमा भोलि जेन जी युवाहरुले भ्रष्टाचारविरुद्ध स्वतन्त्र रुपमा संघीय संसद घेराउ गर्ने कार्यक्रम राखेका छन्।

सामान्यतयाः सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेन जी भनिन्छ, भने सन् २०१३ देखि सन् २०२४ को बीचमा जन्मिएका पुस्तालाई जेनअल्फा भनिन्छ । त्यस्तै, सन् २०२५ देखि सन् २०३९ सम्म जन्मिने पुस्तालाई जेनबिटा भनिन्छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.