कञ्चनपुर निर्माण व्यवसायी संघको निर्वाचनमा पुष्पराज अवस्थीको प्यानल विजयी

dream cafe
learnar

कञ्चनपुर: कञ्चनपुर निर्माण व्यवसाउी संघको शनिबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

परिणामअनुसार अध्यक्षमा पुष्पराज अवस्थी विजयी भएका छन्। उनले१४९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष निरञ्जनप्रसाद भट्टले १३२ मत ल्याए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

वरिष्ठ उपाध्यक्षमा देवबहादुर चन्दले १६९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अमरबहादुर बलमे १०७ मत ल्याएका छन्। त्यस्तै, उपाध्यक्षमा यज्ञराज वैजले १४८, महासचिवमा देवीदत्त भट्टले १६६, कोषाध्यक्षमा हेमबहादुर महराले १३५ मत ल्याएर विजयी भएका छन्।

पदाधिकारीमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो भने सदस्य पदमा प्यानलविनै निर्वाचन भएको थियो।

सदस्यमा गणेश सुवेदी, चन्द्रसिंह कार्की, दीपक कार्की (दिपेश), नविन चन्द, मनीराज रेग्मी, महेश जोशी र सन्ताष खत्री निर्वाचित भएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.