प्रहरीका ४ कार्यालय निमित्तको भरमा

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीका चार महत्वपूर्ण कार्यालय निमित्तको भरमा पुगेका छन्। एक एआईजीको आईजीपीमा बढुवा र तीन एआईजीको अवकाशसँगै चार कार्यालय निमित्तको कमाण्डमा पुगेका हुन् ।

उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठान र प्रशासन विभाग निमित्त प्रमुखको कमाण्डमा छन्।

Amargadhi Education

उपत्यका प्रहरीमा डीआईजी ओम राना, सिआइबीमा गोविन्द थपलिया, एकेडेमीमा दिपेन्द्र जिसी र प्रशासन विभागमा सुशीलसिंह राठौर निमित्त भएका छन्।

प्रहरीमा अन्य चार एआईजी दुई महिनापछि रिक्त हुने आइजिपीको दौडमा रहेकाले उनीहरुको ठूलो ध्यान सरुवामा छैन। एआइजी दानबहादुर कार्की हाल मानवस्रोत विकास विभाग, राजन अधिकारी अपराध अनुसन्धान विभाग, मनोज केसी प्रदेश समन्वय विभाग तथा शिद्धिबिक्रम शाह कार्य विभागको प्रमुखमा छन्।

अजयमेरु फाैजी केरा

एआइजीका अन्य चार पद रिक्त छन्। जसमा नौ डीआईजीबिच बढुवाको प्रतिस्पर्धा छ।

दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र भट्ट, गोविन्द थपलिया, अरुण पौडेल, सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बर विकबिच प्रतिस्पर्धा छ।

एआईजी बढुवामा सत्तारुढ दलबिच भागबन्डा हुने भएकाले केही समय लाग्ने अवस्था छ। महत्वपूर्ण विभाग निमित्तको भरमा चलाउदा समस्या आउन सक्ने भएकाले अहिलेका सिनियर एआईजीलाई रिक्त रहेका कार्यालयमा पठाउने रणनीति सरकारको छ।

सिनियर एआईजीहरु सिआइबी र उपत्यकाको जानका लागि रुचाउने गरेका छन्।

सिआइबीमा पछिल्लो समय आर्थिक अपराध अनुसन्धानका नाममा अनेक धन्दा चलिरहेकाले त्यहाँ गृह मन्त्रालयले आफु अनुकुल एआईजी पठाउने प्रचलन बढेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.