बोहरा मेडिको सेन्टर

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

dream cafe
learnar

कञ्चनपुर : सुदूरपश्चिममा पहिलोपटक बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा शुरु भएको छ।

कञ्चनपुरको महेन्द्रनगरमा महाकाली प्रादेशिक अस्पतालमा बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा शुरु भएको हो।

CNA
GBL NEW

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिने बताए।

तर, क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको उनको भनाइ छ।

प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए।

अस्पतालले डायलायसिस सेवासमेत शुरु गरेपछि सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ। रासस

Ddl dental
Leave A Reply

Your email address will not be published.