उद्योग मन्त्री भण्डारीका स्वकीय लोकेन्द्र पदमुक्त, यस्तो छ कारण

dream cafe
learnar

डडेल्धुरा :  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको छ। मन्त्रालयले सोमबार भण्डारीलाई २०८२ साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराएको पत्र प्रशासनलाई प्राप्त भएको छ।

मन्त्रालयका अनुसार मन्त्रीको सचिवालयमा रहँदा भण्डारीको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि सो निर्णय गरिएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

मन्त्रालयको सचिवालयद्वारा जारी सूचनामा, “माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईँलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ,” भनिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव एवं निजी सचिव सुमन धितालको हस्ताक्षरमा जारी गरिएको सो पत्रमा अवगतार्थ प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।

मन्त्री माथि नै विभिन्न आलोचना भइरहेका बेला उनका स्वकीय अधिकृत भण्डारीले डान्स बारमा ‘युवती उचाले’को विषय सामाजिक सञ्जाल लगायत मिडियाहरूमा चर्को आलोचनाको विषय बनेको थियो । जसलाई मन्त्रीको सचिवालयभित्रका आचरण र कार्यप्रणालीसम्बन्धी विषयहरू सार्वजनिक चासोको केन्द्रमा रहेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.