कैलाली कारागार अझै कैदीबन्दीकै नियन्त्रणमा

dream cafe
learnar

धनगढी : शुक्रबार रातिदेखि तनाबग्रस्त बनेको कैलाली कारागार अझै प्रहरीको नियन्त्रणमा आउन सकेको छैन। प्रहरी प्रशासन अझै भित्र पस्न सकेको छैन।

अहिलेसम्म प्रहरी भित्र पस्न नसकेका कारण कारगारभित्रको वास्तविक अवस्था खुलेको छैन। कैदीबनदीहरुले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र एसपी बालनरसिंह राणासँग कुरा नगर्ने अडान लिएका छन्।

Amargadhi Education

कैदीबन्दीहरुले प्रजिअ र एसपी भन्दा माथिल्ला अधिकारीसँग मात्र कुरा गर्ने अडान लिएको स्रोतले बतायो।

बहिरैबाट भित्र रहेका बैदी बन्दीहरुलाई सम्झाई बुझाई गरी माहोल शान्त पार्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

‘प्रहरी प्रशासन, मानवअधिकारकर्मी, इन्सेकका अधिकारी तथा सरोकारवाला सबैसँग छलफल गर्ने तयारी भएको छ। उक्त छलफलबाट के निर्णय हुन्छ सोही अनुसार कदम चाल्छौँ,’ जोशीले भने।

अजयमेरु फाैजी केरा

कैदीबन्दीबिचको झडपका कारण ४७ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घटनापछि गम्भीर घाइते भएका धनगढीका आयुष भट्टलाई हिजो नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

अर्का घाइते कर्ण सालामी मगरलाई आज काठमाडौँ ल्याउने तयारी भईरहेको छ भने अर्का घाइतेको धनगढीमै आइसीयूमा राखेर उपचार भइरहेको छ। उनको अवस्था सुधार उन्मुख रहेको सूचना अधिकारी जोशीले जानकारी दिए।

कारागार भित्र दुइ समुह बिच भएको झडपका कारण एक जना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेका लागुऔषधसम्बन्धी मुद्दाका ४० वर्षीय भरत चौधरी रहेका छन्।

१५० कैदी क्षमताको कैलाली कारागारमा करिब ७०० कैदीबन्दी रहेका छन्। घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेटभित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी सुरक्षाकर्मी प्रवेश गरे आगो लगाइदिने धम्की दिएका थिए।

ब्लक ‘ए’ का कैदीहरूले विगतमा इँटाले टालिएको ढोका जिमका सामान प्रयोग गरी फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए।

निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटा प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरिएको थियो। भूपेन्द्र बडुवाल हत्या प्रकरण र कारागारको नाइके परिवर्तन गर्ने विषयका कारण कैलाली कारागार तनाबग्रस्त बन्दै आएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.