नेपाल प्रहरीका एसपी र डीएसपीको सरुवा तयारी

dream cafe
learnar

धनगढी : प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा तयारी गरेको छ।

कार्यकाल समाप्त भएका र अवधि पुगेका केही इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्न लागिएको हो।

Amargadhi Education

बुधबार मात्रै एसपी र डीएसपीको बढुवा सूची सार्वजनिक भएको थियो। तर सरुवासमेत हुने भएकाले हालसम्म उनीहरूको पदस्थापन हुन सकेको छैन।

बढुवापछि केही कार्यालय रिक्त भएका छन्।

अजयमेरु फाैजी केरा

एसपी दीपेन्द्र शाहीको बढुवापछि धादिङ प्रहरी प्रमुखको पद खाली भएको छ।

यस्तै, १० महिना कार्यकाल पूरा गरिसकेका अन्य जिल्लाका एसपीहरूको पनि सरुवाको तयारी गरिएको छ।

उपत्यकाभित्रका केही वृत्त तथा उपत्यका बाहिरका केही इलाका प्रहरी कार्यालय (इप्रका) का प्रमुखको पनि हेरफेर गरिने भएको छ।

यो सरुवा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको कार्यकालको सम्भावित अन्तिम सरुवा हुने अनुमान गरिएको छ।

यस अवसरमा उनले आफूनिकट प्रहरी अधिकृतहरूलाई जिम्मेवारी दिन सक्ने तयारी गरे पनि गृह मन्त्रालयको हस्तक्षेपका कारण अहिलेसम्म निर्णयमा पुग्न नसकेको स्रोतले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.