नेपाली काँग्रेस निकट स्वास्थ्यकर्मी संघ डडेल्धुराको अध्यक्षमा भाट

dream cafe
learnar

डडेल्धुरा : नेपाली काँग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघ डडेल्धुराको अध्यक्षमा स्वास्थ्यकर्मी मदन भाट सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

संघको चौथो जिल्ला अधिवेशनले भाटको नेतृत्वमा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।

बोहरा मेडिको सेन्टर

भाट भागेश्वर गाउँपालिकामा कार्यरत छन्।

GBL NEW

स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेस डडेल्धुराका उपाध्यक्ष तथा नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले गरेका थिए।

जिल्ला कार्यसमितिमा उपाध्यक्ष टंकप्रसाद पन्त, समावेशी उपाध्यक्ष नरेन्द्र भाट, खुला उपाध्यक्ष हिक्मतबहादुर कठायत, महिला उपाध्यक्ष इश्वरी बोहरा, खुला महिला उपाध्यक्ष शरिता चन्द चयन भएका छन्।

त्यसैगरी, सचिवमा महादेव भट्ट, युवा सचिव तारा प्रसाद भट्ट, सहसचिव कुन्ती जोशी, सहसचिव राजेन्द्र ठगुन्ना र कोषाध्यक्षमा डम्बरी भट्ट चयन भएका छन्।

सदस्यहरूमा खेमराज पनेरु, योगेन्द्र खड्का, मनोज पनेरु, भुवन पन्तलगायत रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.