शिशुको ज्यान बचाउने अनमी जानकीलाई स्वास्थ्य मन्त्री पाैडेलको स्याबासी

dream cafe
learnar

डडेल्धुरा : सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारकी अनमी जानकी पुजाराको स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रशंसा गरेका छन्।

गत बिहीबार उनले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको नवजात शिशुलाई ६ घण्टा मुखबाटै अक्सिजन दिई बचाएकी थिइन्।

Amargadhi Education

सिगास–४ की २० वर्षीया लक्ष्मी धामीलाई बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले उनलाई उक्त स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए।

अजयमेरु फाैजी केरा

स्वास्थ्य संस्थामै शिशु जन्मिएको भए पनि जन्मिएलगत्तै नवजात शिशुको सास सुस्त थियो।

सघन उपचार सेवा नभएको स्थानमा हवाइ वा स्थलमार्गबाट उद्धार पनि सम्भव नभएको अवस्थामा अनमी जानकीले मुखबाट अक्सिजन दिँदै ६ घण्टा निरन्तर शिशुको ज्यान जोगाएकी थिइन्।

स्वास्थ्य मन्त्री पौडेलले उनलाई फोन गरेर कामको प्रशंसा गर्दै यस्ता समर्पित स्वास्थ्यकर्मीको आवश्यकता रहेको बताए।

सरकारले अनमी जानकीको कार्यलाई ‘नोटिस’मा राखेको छ भने मन्त्री पौडेलले फोन गरेरै हौसला प्रदान गरेका छन्।

जानकीले मन्त्रीबाट प्रशंसा पाएपछि आफूमा थप जिम्मेवारीको भावना जागेको बताएकी छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.