कञ्चनपुरको गड्डाचौकीबाट दस लाख बराबरको अवैध सामान बरामद

dream cafe
learnar

कञ्चनपुर : सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले करिब दस लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्यायको नेतृत्वमा खटिएको सात सदस्यीय मोबाइल गस्ती टोलीले भिमदत्त नगरपालिका–४ भासी हाईवे र वडा नं. १० स्थित भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

बरामद सामग्रीमा लेडिज सुट/कुर्ता, किराना सामान र इलेक्ट्रोनिक उपकरणहरू रहेका छन्। ती सामग्रीको अनुमानित भन्सार मूल्य करिब  १० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाइएको जानकारी दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.