कृषि ज्ञान केन्द्र डोटी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट, मन्त्रालयबाट सम्मानित

dream cafe
learnar

डडेल्धुरा :कृषि ज्ञान केन्द्र डोटी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सम्मानित भएको छ।

आइतबारदेखि मंगलबारसम्म धनगढीमा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा उत्कृष्ट कार्य सम्पादनका आधारमा डोटी केन्द्रले सम्मान प्राप्त गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

प्रदेशका नौ जिल्लाबाट सहभागी नौवटा कृषि ज्ञान केन्द्रमध्ये डोटीले उत्कृष्ट प्रस्तुति दिँदै प्रदेशमै प्रथम स्थान हासिल गरेको हो।

केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले वर्षभरिका कार्यक्रमहरू समेटेर गोष्ठीमा प्रस्तुति दिएका थिए।

अवस्थीले सम्मान ग्रहण गर्दै यो उपलब्धिको श्रेय जिल्लाका किसान, कृषि शाखा प्रमुख, प्राविधिक, सरोकारवाला तथा कार्यालयका समर्पित कर्मचारीहरूलाई दिएका छन्।

सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको उल्लेख गर्दै अवस्थीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री, सचिव र महानिर्देशकहरूप्रति आभार व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.