कैलाली पुगेर ओलीको व्यंग्य: रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ

dream cafe
learnar

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिएका छन्।

कैलालीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनले प्रश्न गर्दै भने,‘विभिन्न किसिमका अपराध गर्यो अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’ संगठित सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गरेका हुन्।

आफूले नै लामिछानेलाई स्थापित गरेको बताउँदै उनले भने, ‘मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध ?’ लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति समेत प्रधानमन्त्री ओलीले कटाक्ष गरे।

उनले भने, ‘असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरुलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला ।’

रास्वपाले नागरिक, पेशाकर्मी, कलाकर्मी लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको आरोप लगाउँदै उनले भने, ‘दुईचार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन, अहिले त कति हो लाख भन्छन्।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.