डडेल्धुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ सेवनका कारण मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनी साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए।

Ird
HARDIK AGRo NEw

च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो।

उपचारका क्रममा साउन १३ गते साँझ ४:५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।

प्रारम्भिक अनुसन्धान अनुसार उनले खाएको च्याउ विषालु प्रजातिको भएको आशंका गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.