जब सांसदलाई पक्रेर स्थानीयले हली बनाए…

dream cafe
learnar

काठमाडौँ : सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे।

त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए।

बोहरा मेडिको सेन्टर

लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्।

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन्।

GBL NEW

स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो।

सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ।

खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्ष लगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए।

महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्याएका थिए।

हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.