डडेल्धुरामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण सुरु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा सामुदायिक तथा घरपालुवा कुकुरहरूको बन्ध्याकरण कार्यक्रम आजदेखि सुरु भएको छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन एक कार्यक्रमकाबीच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेेका हुन्।

बोहरा मेडिको सेन्टर

कार्यक्रम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले कुकुरहरूको बन्ध्याकरण  कार्यक्रम सराहनीय भएको बताए।

GBL NEW

उनले बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिई सबै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा पनि जोड दिए।

‘सडकमा खुला रूपमा सुत्ने कुकुरका कारण ट्राफिक चुनाैती छ। सडकमा सुतेका देखिन्छन्। बिहान मोर्निङ वाक गर्दा  टोक्न आउने समस्या छ,’ उनले भने।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजना तथा समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा काठमाडौं र डोटीबाट डाक्टरहरू समेत सहभागी छन्।

केन्द्रका प्रमुख  देवराज भट्टका अनुसार गत वर्ष सुरु गरिएको यो कार्यक्रमबाट करिब  एकसय वटा भुसिया कुकुरको वृद्धि रोकिएको अनुमान गरिएको छ।

उनले भने, ‘केवल रेविज खोपले मात्र समाधान हुँदैन, प्रजनन दर नियन्त्रण नगरी समस्या झन जटिल बन्छ।’

उनले  डाक्टरहरूलाई पोखरा र काठमाडौंजस्ता ठाउँबाट मगाउनु पर्ने बाध्यता अझै हट्न नसकेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.