धनगढीमा एक लाख घुस लिने वन अधिकृत रंगेहात पक्राउबाट कसरी उम्किए ?

dream cafe
learnar

धनगढी : एक लाख रुपैयाँ घुस लिने तयारीमा रहेका वन अधिकृत लोकराज दाहाल अख्तियारको निगरानीमा पर्दापनि रंगेहात पक्राउ हुनबाट उम्किन सफल भएका छन्।

गत साउन ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले कैलालीस्थित डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

Amargadhi Education

ग्वासी सामुदायिक वन (चुरे गाउँपालिका–६) को घाटगद्दी गरिएको काठको बिमर्का र छोडपुर्जीको सिफारिसका लागि सेवाग्राहीसँग माग गरिएको घुस प्रकरणमा यादव पक्राउ परे पनि, सोही प्रकरणमा संलग्न रहेको आरोप लागेका वन अधिकृत दाहाल भने उम्किएका हुन्।

अजयमेरु फाैजी केरा

अख्तियारमा पुगेको अडियो उजुरीमा दाहालले सेवाग्राहीसँग एक लाख रुपैयाँ लिने संवाद रहेको पुष्टि अख्तियार स्रोतले गरेको छ।

तर सूचना ढिलो प्राप्त भएको र यादवलाई पक्राउ गर्ने क्रममा वन कार्यालयमा उत्पन्न भागाभागको अवस्थाको फाइदा उठाएर दाहाल उम्किन सफल भएको बताइएको छ।

“अडियो प्रमाण उजुरीका रूपमा हामीकहाँ आएको छ। उनले घुस मागेको पुष्टि भए पनि रंगेहातको तयारीमा रहेका बेला उनी फरार भएका थिए,” अख्तियार स्रोतले भन्यो, “उनीमाथि पनि विस्तृत अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ।”

यादवलाई भने सेवाग्राहीकै रकम प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो। उनीमाथि हाल अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.