
डडेल्धुरा : घटाल माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ।

अमरगढी नगरपालिका-३ स्थित नुवाकोटमा रहेको उक्त विद्यालयमा शुक्रबार वृक्षारोपण गरिएको हो।

विद्यालयका पूर्व विद्यार्थी र विद्यालयको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको विद्यालयका प्रअ गणेशबहादुर साउदले जानकारी दिए।
विद्यालयलाई सुन्दर, हरियो र सुसंस्कृत बनाउन वृक्षारोपण गरिएको उनले जानकारी दिए।



