कैलालीमा एयरफोन चोरीको आरोपमा हत्या, शव गाडिएपछि भाइ र भान्जा पक्राउ

dream cafe
learnar

धनगढी : धनगढीमा एकजनाको कुटपिटपछि मृत्यु भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१४ फूलबारीका ३५ वर्षीय गणेश गिरीको कुटपिटपछि मृत्यु भएको घटनामा उनका भान्जा र सहोदर भाईलाई पक्राउ गरेको हो।

Amargadhi Education

प्रहरीका अनुसार मृतकका १८ वर्षीय भान्जा प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा असार २८ गते राति गिरीलाई कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका गिरीको असार ३० गते ज्यान गएको थियो।

अजयमेरु फाैजी केरा

घटनापछि मृतकका आफन्तहरूले शवलाई परम्परागत विधिअनुसार गाडेर अन्त्येष्टि गरेका थिए।

तर, हत्या गरिएको भन्ने खबर सार्वजनिक भएपछि प्रहरीले घटना गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा शव गाडिएको स्थान पहिचान गरी उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कुटपिटमा संलग्न प्रदीप बोहरासँगै, घटनामा ‘मतियार’को भूमिका खेलेको भन्दै मृतकका ३३ वर्षीय सहोदर भाई पदम गिरीलाई समेत नियन्त्रणमा लिइएको छ।

हाल दुवैजनामाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणपछि मृतकको शरीर परिवारको जिम्मा लगाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.