डडेल्धुराका करनले हँसिया प्रहार गरी पत्नीको हत्या गरे, भाग्दा प्रहरीले समात्यो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलका करन भुलले आफ्नै पत्नीको हँसिया प्रहार गरी हत्या गरेका छन्।

हिजो साउन १ गते राति करिब साढे ११ बजे आफ्नै घरमा ५४ वर्षीय करन भुलले ४० वर्षीया पत्नी खिमा देवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेका हुन्।

GBL NEW

हत्यापछि फरार रहेका भुललाई भाग्दै  गरेको अवस्थामा आज बिहान गन्यापधुरा–३ गोयलखेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार घटनाबारे बिहानै प्रहरीलाई सूचना प्राप्त भए पश्चात् खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

भुललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको  बिष्टले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.