डडेल्धुरा अस्पताल प्रथम सेवा बिन्दुबाट हटाइएपछि माओवादी केन्द्र डडेल्धुराको विरोध

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत डडेल्धुरा अस्पताललाई ‘प्रथम सेवा बिन्दु’ बाट हटाएर रेफरल मात्र कायम गर्ने निर्णयविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डडेल्धुराले आपत्ति जनाएको छ।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सुदूरपश्चिमका नागरिकहरूलाई गम्भीर स्वास्थ्य जोखिममा पार्ने भन्दै तत्काल खारेजीको माग गरेको छ।

Amargadhi Education

‘यो जनविरोधी निर्णय सुदूरपश्चिमवासीको स्वास्थ्य सेवामा प्रत्यक्ष आघात हो,’ माओवादी जिल्ला समन्वय समिति संयोजक उमेशप्रसाद भट्ट (विकास) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘डडेल्धुरा अस्पतालबाट सेवा लिने बिरामीहरूलाई अब जोगबुढा

अस्पताल वा अन्य जिल्लाबाट रेफर गराउनुपर्ने बाध्यता सिर्जना गरिएको छ, जुन पूर्णरूपमा अन्यायपूर्ण छ।’

अजयमेरु फाैजी केरा

विज्ञप्तिमा डडेल्धुरा अस्पताल सुदूरपश्चिमका प्रमुख अस्पतालहरूमध्ये एक भएको उल्लेख गर्दै डोटी, बैतडी, बझाङ, दार्चुला, बाजुरा लगायतका जिल्लाका नागरिकहरू उपचारका लागि यसैमा निर्भर रहेको जनाइएको छ।

पार्टीले स्वास्थ्य मन्त्री र सरकारको नेतृत्वमाथि समेत कटाक्ष गर्दै नागरिकको स्वास्थ्य अधिकारमाथिको हमला बन्द गर्न चेतावनी दिएको छ।

‘डडेल्धुरा अस्पताललाई पुनः स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको प्रथम सेवा बिन्दुमा समावेश गरी तत्काल सेवा सुचारु गर्नुपर्ने माग गर्दछौँ, अन्यथा आन्दोलनको विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘दुइ तिहाइको अप्राकृतिक गठवन्धनको सरकारले जनतामाथि गरिरहेको अन्यायको हामी घोर भर्त्सना गर्दै, दुई तिहाइको सरकारको प्रमुख नेता हाम्रो जिल्लाको प्रतिनिधि शेरबहादुर देउवा हुनु र उहाँकै धर्मपत्नी आर्जु राणा देउवा पररास्ट्र मन्त्री र काग्रेसकै स्वास्थ्य मन्त्री भएको बेला यस्तो निर्णय हुनु डडेल्धुराका लागि दुर्भाग्यपूर्ण हो। सरकारको दुइतिहाईको दम्भले जनताले सास्ती खेप्नु परिरहेको कुरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराउँदै, हाम्रो पार्टी सदैव जनताका आवाज बुलन्द पार्ने र जनताको जनजिविकाका सवालमा निरन्तर आवाज उठाउने कुराको समेत जानकारी गराउँदै सो निर्णयको हाम्री सर्वजनिक रूपमा भर्त्सना गर्दछौ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.