बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पताल प्रथम सेवा बिन्दुबाट हटाइएपछि सांसद जाेशीले भने : अमानवीयताको हद !

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले, ‘डडेल्धुरा अस्पताल प्रति गरिएको निर्णय सच्याइयोस्। अन्यथा परिणामको सामना गर्न तयार होऊ। अमानवीयताको हद!’ भन्दै कडा चेतावनी दिएका छन्।

CNA

स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयअनुसार अब साउन १ गतेदेखि डडेल्धुरा अस्पतालले सिधा बीमा सेवा दिन नपाउने भएको छ।

यस निर्णयले अस्पताललाई रेफरल केन्द्रमा सीमित गरेपछि जिल्लाका हजारौँ बीमित सेवाग्राही थप मर्कामा परेका छन्।

नयाँ प्रावधानअनुसार बीमित सेवाग्राहीले डडेल्धुरा अस्पतालमा उपचार पाउन पहिले आफ्नै स्थानीय तहभित्रको सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्नेछ।

Bohora ma 1

त्यहाँबाट रेफरल सिफारिस पाएपछि मात्र उनीहरूले डडेल्धुरा अस्पतालमा सेवा लिन पाउनेछन्।

तर समस्या यत्ति मात्रै होइन। हाल डडेल्धुराका सात स्थानीय तहमध्ये परशुराम नगरपालिका अन्तर्गतको जोगबुढा अस्पताल बाहेक अन्य कुनै पनि स्थानीय तहमा सूचीकृत प्रथम सेवा विन्दु नरहेको अवस्थामा बाँकी स्थानीय तहका बासिन्दाहरू बीमा सेवाबाट बञ्चित हुने जोखिममा परेका छन्।

सांसद जोशीले यस्तो निर्णय जनविरोधी र ग्रामीण बासिन्दाको पहुँचमा बाधा पुर्‍याउने खालको भएको भन्दै तुरुन्त निर्णय फिर्ता लिन माग गरेका छन्।

स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अभियन्ता र नागरिक समाजले पनि स्वास्थ्य बीमा बोर्डको निर्णयप्रति असन्तोष जनाएका छन्।

र, यो पनि : 

डडेल्धुरा अस्पताल अब रेफरल मात्र, दुर्गम बासिन्दा स्वास्थ्य बीमा सेवाबाट बञ्चित

 

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.