डडेल्धुरा अस्पताल अब रेफरल मात्र, दुर्गम बासिन्दा स्वास्थ्य बीमा सेवाबाट बञ्चित

पुनर्विचार गर्न डडेल्धुरा अस्पतालको आग्रह

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य बीमा बोर्डको निर्णयले डडेल्धुरा अस्पताललाई अबदेखि सिधा सेवा दिने केन्द्रबाट हटाउँदै रेफरल अस्पतालका रूपमा सीमित गरेपछि जिल्लाका हजारौं बीमित नागरिक थप मर्कामा परेका छन्।

साउन १ गतेदेखि लागू हुने निर्णयअनुसार बीमित सेवाग्राहीले सिधै डडेल्धुरा अस्पतालमा सेवा पाउने छैनन्।

Amargadhi Education

उनीहरूले पहिले आफ्नै स्थानीय तहभित्रको सूचीकृत स्वास्थ्य संस्थामा जानुपर्नेछ र त्यहाँबाट रेफरल सिफारिस लिएपछि मात्र डडेल्धुरा अस्पतालमा उपचार पाउनेछन्।

तर हाल परशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालबाहेक अन्य ६ स्थानीय तहमा कुनै पनि सूचीकृत प्रथम सेवा विन्दु नरहेकाले ती ठाउँका बासिन्दाहरू बीमा सेवा लिनबाट बञ्चित हुने भएका छन्।

स्वास्थ्य बीमा कार्यालय डडेल्धुराका दर्ता अधिकारी दीपक धामीका अनुसार यो निर्णय एक्कासि आएको र अझै स्पष्टता नआएकाले प्रदेश सरकारसँग छलफल भइरहेको छ।

अजयमेरु फाैजी केरा

जिल्लामा हाल ३२ हजार ९८४ जना नागरिक बीमामा आबद्ध छन्।

यसैबीच, डडेल्धुरा अस्पताल प्रशासनले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य बीमा बोर्डलाई पुनर्विचार गर्न औपचारिक आग्रह गरेको छ।

निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले बीमा बोर्डलाई पत्राचार गर्दै सेवा अवरुद्ध हुँदा बीमित नागरिकहरू मर्कामा पर्ने खतरा औंल्याउँदै तत्काल निर्णय फिर्ता लिन अनुरोध गरेका छन्।

पत्रमा उल्लेख छ, ‘डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था हो। जिल्लाको सदरमुकाममै रहेको एक मात्र सरकारी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउँदा जनतामा निराशा फैलिएको छ। सेवा माग बढ्दो क्रममा हुँदा यस्तो निर्णय उपयुक्त छैन।’

डडेल्धुरा अस्पतालबाट बीमा सेवा बन्द हुँदा नागरिकहरूलाई टाढा टाढाका स्वास्थ्य केन्द्र धाउनु पर्ने बाध्यता सिर्जना भएको छ।

यसले स्वास्थ्य बीमा कार्यक्रमप्रति विश्वास घटाउने मात्र होइन, दुर्गम क्षेत्रका बासिन्दाको उपचार अधिकार नै कुण्ठित हुने खतरा छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.