क्याम्ब्रिज स्कुलमा भानुजयन्ती मनाइयो, कविता र चित्रकला प्रतियोगिताको आयोजना

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–५, खलंगास्थित क्याम्ब्रिज पब्लिक स्कुलले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाएको छ।

आइतबार आयोजित कार्यक्रममा स्कुलले प्रभातफेरी, कविता वाचन र चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

कार्यक्रम डडेल्धुरा प्राज्ञिक विद्यार्थी परिषद्को आर्थिक सहयोगमा सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल हर्केशबहादुर साँकीले जानकारी दिए।

कविता वाचन प्रतियोगितामा कक्षा १२ का सरोज ऐर प्रथम, कक्षा १० की यमुना रोकाया द्वितीय, सोही कक्षाका विभान ऐर तृतीय र कक्षा ५ का योजन भट्ट सान्त्वना स्थानमा चयन भएका छन्।

चित्रकलातर्फ भने कक्षा ९ का दिनेश रोकाया प्रथम, डालिमा केसी द्वितीय, विशाल कठायत तृतीय र कक्षा ८ का सरगम जैरु सान्त्वना भएका छन्।

विजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको प्रिन्सिपल साँकीले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.