डडेल्धुरामा सिटामोल पाइँदैन, घरघरमा रक्सी पाइन्छ : राज्यमन्त्री खड्का

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका ग्रामीण भेगमा सिटामोल नपाएपनि घरघरमा रक्सी पाइने गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले दाबी गरेकी छन्।

शनिबार डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रम उनले सो कुरा बताएकी हुन्।

बोहरा मेडिको सेन्टर

‘यहाँ सिटामोल पाइँदैन। चामलको बोराभित्र लुकाएर रक्सी बेच्छन्,’ उनले भनिन्, ‘रक्सीले महिलाहरू हिंसामा परेका छन्।’

महिलाहरू घरमा मात्रै नभइ अन्य क्षेत्रमा पनि हिंसामा परेको उनको भनाइ थियो।

उनले महिलाहरूले हरेक पाइलापाइलामा हिंसा खेपिरहेको बताइन्।

मदिरा नियन्त्रण गरेपछि मात्रै महिलामाथि हुने हिंसा कमि आउने उनले विश्वास व्यक्त गरिन्।

आत्महत्याको मुख्य कारण खोजेर त्यसलाई न्यूनीकरण गर्नुपर्ने राज्यमन्त्री खड्काले धारणा राखिन्।

घोषणा कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राज्यमन्त्री खड्काले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको बताइन्।

स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढिरहेको उल्लेख गर्दै उनले नसर्ने रोग बढिरहेकाप्रति भने चिन्ता व्यक्त गरिन्।

राज्यमन्त्री खड्काले मन्त्रालयले नीतिगत सुधारमा ध्यान दिइरहेको र आगामी आर्थिक वर्षमा ‘आफ्ना लागि एक घण्टा’ अभियान सञ्चालन गर्ने नीति ल्याएको जानकारी दिइन्।

‘हामी सबैले योग, ध्यान र खेलका लागि एक घण्टा छुट्याउनुपर्छ,’ भनिन्, ‘यस अभियानलाई प्रदेशभर लैजान्छौँ।’

उनले यहाँका ग्रामीण बस्तीहरू अझै दुर्गम र गरिबीमा रहेको समेत बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.