परशुराममा प्राविधिक भट्टमाथि घुस आरोप, भट्ट भन्छन् : ऋण दिएको पैसा हो

dream cafe
learnar

डडेल्धुरा: परशुराम नगरपालिकाका प्राविधिक महेश भट्टमाथि उपभोक्ता समितिबाट घुस मागेको आरोप लागेको छ।

भट्टले परशुराम नगरपालिका-७ अन्तर्गतको बड्डीमलास पिपल चौतारा निर्माण योजनाबाट पाँच हजार रुपैयाँ घुस मागेको आरोप लागेको हो।

Ird

उपभोक्ता समितिका अध्यक्ष मानबहादुर धामी र सचिव बिर्खबहादुर धामीका अनुसार योजना सम्पन्न भइसकेपछि प्राविधिक भट्टले स्टिमेट अनुसार काम नपुगेको भन्दै रकम कम निकासा हुने चेतावनी दिएर जबरजस्ती पाँच हजार रुपैयाँ लिन बाध्य पारेका थिए।

धामीका अनुसार उक्त रुपैयाँ उनको इ-सेवामा हालिएको हो।

उनीहरूका अनुसार सम्पूर्ण काम सम्पन्न भइसकेपछि मात्र एमबी उठाइएको थियो।

HARDIK AGRo NEw

१ लाख ५० हजार रुपैयाँ लागतमा सम्पन्न उक्त योजनाबाट रकम निकासा गर्न प्राविधिकले अनावश्यक दबाब दिँदै घुस मागेको आरोप उनीहरूको छ।

यता, प्राविधिक भट्टले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

उनले भने, ‘मैले ऋण दिएको पैसा फिर्ता मागेको हुँ, त्यो घुस होइन। स्टिमेट अनुसार काम कम भएकाले भुक्तानी पनि कम भएको हो। कामको समयमा मेट्रियल खरिद गर्न पाँच हजार दिएका थिएँ, भुक्तानी भएपछि फिर्ता मागेको हुँ।’

वडाध्यक्ष कर्णबहादुर धामी किशोरले आफूलाई घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्।

उनले भने, ‘मैले नगर प्रमुख भरत बडायर जोशी, उपप्रमुख विमला बोहरा (महता) र प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलाई आवश्यक स्पष्टिकरणसहित कारवाहीको माग गर्दै अनुरोध गरिसकेको छु।’

यसैबीच, स्थानीयवासीहरूले भने सरकारी कर्मचारीबाट यस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भन्दै तत्काल छानबिन गरी कडा कारवाहीको माग गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.