भीमदत्त राजमार्गको कन्तविजोग,  मर्मतको नाममा यात्रुलाई सास्ती

dream cafe
learnar

डडेल्धुरा : तराई र पहाड जोड्ने भीमदत्त राजमार्गको मर्मतको नाममा सास्ती थपिएको छ।

सडक मर्मतको काम सुस्त हुँदा सवारी आवतजावत जोखिमपूर्ण बनेको छ भने सर्वसाधारण दैनिक सास्ती खेपिरहेका छन्।

Amargadhi Education

राजमार्ग अन्तर्गत डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक तथा कैलालीको बुढीतोला क्षेत्रमा पुरानो सडक खनेर छाडिएको छ।

ठेकेदार कम्पनीले ग्रावेलसमेत नहालेपछि सडक हिलाम्मे बन्न पुगेको छ। वर्षा लागेसँगै सडकमा पानी जमेर खाल्डाखुल्डी थप गहिरिएका छन्।

सवारी चालक करन दियालका अनुसार बर्खामा यो सडक खण्डबाट गुर्नु भनेको सवारी साधनै जोखिममा पार्नु हो। कतिपय ठाउँमा गाडी फस्ने र बिग्रने समस्या भइरहेको छ।

सवारी चालक रमेश अवस्थीले दुखेसो पोख्दै भने, ‘सडक मर्मत भन्दै खनियो तर ग्रावेल हालिएन। अहिले झन् हिलाम्मे छ। यात्रु कष्टमा छन्।’

अजयमेरु फाैजी केरा

सडक डिभिजन कार्यालय कुलपाते डोटी अन्तर्गत पर्ने यो सडक खण्डको मर्मत दुईपटक टेण्डर भएको भए पनि निर्माण कम्पनीले समयमै काम नगरेको पाइन्छ।

राजमार्गको समयमै मर्मत हुन नसक्दा समस्या भएको गुनासोपछि सडक डिभिजन कार्यालयले अनुगमन गरि ग्रावेल हाल्न लगाएको सडक डिभिजन कार्यालय कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराईले बताए।

तर, वर्षाको कारण ग्रावेल हिलाेेमा परिणत भएको छ।

केही दिनअघि गृहमन्त्री रमेश लेखक सुदूरपश्चिम भ्रमणमा आउँदा निर्माण कम्पनीलाई हिलाम्मे ठाउँमा ग्रावेल हाल्न लगाइएको थियो।

तर, फेरि अवस्था दयनीय छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम समस्या समाधानका लागि निर्माण कम्पनी र सडक डिभिजनसँग समन्वय गरेर केही ठाउँमा ग्रावेल हालिएको बताउँछन्।

मुख्यराजमार्गमा भएको समस्याको सामाधान गर्न समन्वय गरेकोमा केही काम भएको र बाँकी क्षेत्रमा समेत तत्काल काम हुने प्रजिअ गाैतमले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.