बुढी घटालमा एक दिवसीय भजन–सत्संग गर्दै जेसीज डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-२ मा अवस्थित त्रिपुरा सुन्दरी अर्थात् बुढीघटाल मन्दिर परिसरमा सनातन धर्म, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “एक दिवसीय भजन–सत्संग कार्यक्रम” आयोजना हुने भएको छ।

डडेल्धुरा जेसीजको आयोजनामा हुने उक्त कार्यक्रम आज ( शनिबार) दिउँसो सरसफाइ अभियानबाट सुरु हुनेछ भने साँझ ७:३० बजेपछि विभिन्न स्थानबाट आएका भजन कलाकारहरूद्वारा सत्संग तथा भजन प्रस्तुति गरिनेछ।

Ird

डडेल्धुरा जेसीज वर्ष २०२५ का अध्यक्ष मोहन देउवाका अनुसार कार्यक्रममा सहभागी भजन कलाकार, अतिथि तथा भक्तजनहरूको स्वागतका लागि फलफूल, खाजा तथा भोजनको व्यवस्था गरिएको छ।

कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तित्वहरूलाई पनि आमन्त्रण गरिने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्।

उनीहरूका अनुसार सो कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सांस्कृतिक चेतना फैलाउने अपेक्षा गरिएको छ।

डडेल्धुरा जेसीजका सदस्यहरू स्वयं होस्टको भूमिकामा रहनेछन् भने स्थानीय श्रद्धालु तथा समुदायको सहभागितालाई समेत जोड दिइने आयोजकको भनाइ छ।

यस्तो छ त्रिपुरा सुन्दरी अर्थात् बुढी घटालको महिमा

जिल्ला सदरमुकामनजिकै रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ हो, त्रिपुरा सुन्दरी (बुढी घटाल) मन्दिर। यो मन्दिर डडेल्धुराको अमरगढी नगरपालिका २ मा अवस्थित छ।

यो स्थल सदरमुकामबाट करिब २ किलोमिटर टाढा डोटी खोलाको किनारमा महाभारत श्रृंखलाको फेदीमा रहेको छ। प्यागोडा शैलीमा त्रिपुरासुन्दरी (बुढी घटाल) मन्दिर निर्माण भएको छ।

HARDIK AGRo NEw

बुढी घटाल देवतालाई अति पावनस्थल मानिएको छ। पौराणिक कालदेखि आफ्ना साधक भक्तजनलाई इच्छित मुक्ति प्रदान गर्ने आदि शक्तिको रुपमा त्रिपुरा सुन्दरी (बुढी घटाल) नामले अति प्रख्यात रहँदै आएकी छन्।

यिनै जगतमाताको नजिक रमणीय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिंग वा शोव पञ्चायनका अति मोनमोहक देवताको समेत स्थपना भई सुन्दरताको जीवन्त उदाहरण प्रस्तुत गरेको छन्।

अध्याशक्ति त्रिपुरा सुन्दरी (बुढी घटाल) जगतमाताको उत्पतिको विषयमा कहिलेदेखि उत्पति भएको हो भन्ने प्रमाण छैन। यथार्थ त्रिपुरा सुन्दरी माताको मूर्ति स्थापना भएको नभई स्वयं उत्पति भएको कुरा निर्विवाद छ।

जगतमाता को मूर्ति रहेको ठाँउमा धेरै वर्ष अगाडि कुनै मन्दिर नभएको कुरा बुढा-पाकाबाट थाहा पाउन सकिन्छ।

माता त्रिपुरा सुन्दरी (बुढी घटाल) को मन्दिर निर्माण गराउने शिलशिलामा स्वामी माधवानन्द गिरीलाई स्वप्नामा माताले दर्शन दिएको र मन्दिरको जग खन्दा प्राचीन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ।

यस मन्दिरको वार्षिक पूजा-आजा गर्ने परम्परा अर्थात मूर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ। त्रिपुरा सुन्दरी माताको मन्दिर परिसरभित्र एक मणीले युक्त भएको नाग रहन्छ।

साधक पुरुषका अनुसार आजसम्म पनि सारदीय नवरात्रि पर्वमा पूजापाठ ध्वनि आदि चल्दै आएको छ। माताको मन्दिर करिब ८० वर्षअघि सिद्ध महात्मा माधवा नन्द स्वामिजीले निर्माण गराएको हुन्।

करिब ३० वर्षदेखि पूज्यपाद स्वामी दिगम्बर गौरी शंकर पुरी महाराजको अखण्ड आश्रमको रुपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रुपमा प्रवाह भइरहेका छन्।

यस धार्मिक तथा सामाजिक क्षेत्रको चारैतिर करिब ५७६ मिटर लम्बाइ २ मिटर उचाइ तथा १/२ मिटर चौडाइ भएको ढुंगाको ठूलो पर्खाल निर्माण गरिएको छ।

कतै कतै त्यस ठाउँमा एकजना महिला मान्छे घाँस काटिरहेको समयमा एक्कासी रगत बगेको र त्यो रगत कसरी बग्यो भनेर खोजी गर्दा एउटा शिला भेटिएको भन्ने भनाइ पनि बुढापाखाबाट सुन्न सकिन्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.