बोहरा मेडिको सेन्टर

डडेल्धुरामा पहिलोपटक ‘जेब्रा क्रसिङ’

dream cafe
learnar

डडेल्धुरा :  जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अगुवाइमा जिल्लाको मुख्य बजार क्षेत्रहरूमा बिहीबारदेखि पहिलोपटक जेब्रा क्रसिङ निर्माण कार्य सुरु गरिएको छ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउने र पैदलयात्रुहरूको सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यसहित प्रारम्भिक चरणमा बागबजार, बसपार्क, तुफानडाँडा र कीर्तिपुर  क्षेत्रमा जेब्रा क्रसिङ बनाइएको हो।

CNA
Bohora ma 1

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार सवारी चाप अत्यधिक हुने क्षेत्रहरूमा यस्ता संरचना आवश्यक भएकाले अभियान सुरु गरिएको हो।

‘डडेल्धुराको मुख्य बजार क्षेत्रहरूमा सवारीसाधन र पैदलयात्रुको चाप अत्यधिक रहेकोले ट्राफिक व्यवस्थापन सहज बनाउन र दुर्घटनाको जोखिम कम गर्न जेब्रा क्रसिङ निर्माण सुरु गरिएको हो,’ श्रेष्ठले भने, ‘बागबजार र बसपार्क क्षेत्रबाट सुरु गरिएको यो अभियान विस्तारै अन्य स्थानमा पनि फैलाइनेछ।’

उनका अनुसार जेब्रा क्रसिङ बनेका स्थानमा पैदलयात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै जनचेतनामूलक सूचना बोर्डहरू समेत राखिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.