परशुरामले ल्यायो ८० करोड बढीको बजेट

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको भित्री मधेश क्षेत्रमा अवस्थित परशुराम नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार सम्पन्न १७औँ नगरसभाबाट बजेट प्रस्तुत गरिएको हो।

Bohora madico
HARDIK AGRo NEw

नगरका अनुसार संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय स्रोतबाट संकलित राजस्वका आधारमा बजेट विनियोजन गरिएको छ।

नगर उपप्रमुख विमला कुमारी महताले बजेट सभामा प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले असार १४ गते बिहान १० बजे बस्ने अर्को नगरसभामा बजेटमाथि दफावार छलफल हुने जानकारी दिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.