लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि वक्तृत्वकला, माउन्टेनकी मनिशा प्रथम

dream cafe
learnar

डडेल्धुरा: लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डडेल्धुरामा आयोजित वक्तृत्वकला प्रतियोगितामा माउन्टेन बोर्डिङ स्कुलकी छात्रा मनिशा रोस्यारा प्रथम भएकी छिन्।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको आयोजना र सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा सम्पन्न उक्त प्रतियोगिता अमरगढी नगरभित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको हो।

Bohora madico
HARDIK AGRo NEw

‘लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका’ विषयमा आधारित प्रतियोगितामा क्याम्ब्रिज बोर्डिङ स्कुलका छात्र अनिश भण्डारी दोस्रो, घटाल मावि नुवाकोटकी विमला साउद तेस्रो र महेन्द्र मावि खलंगाकी आरोसी पन्तले सान्त्वना स्थान प्राप्त गरिन्।

विजेता विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताले लागूऔषधविरुद्धको जनचेतना अभिवृद्धिमा युवाहरूको सक्रियता महत्वपूर्ण हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.