औंषधि व्यवसायी संघ डडेल्धुराले मनायो बिरामी, कैदी र अनाथसँग स्थापना दिवस

dream cafe
learnar

डडेल्धुरा : नेपाल औंषधि व्यवसायी संघ डडेल्धुराले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ।

५२औं स्थापना दिवसका अवसरमा संघले आज डडेल्धुरा अस्पताल, जिल्ला कारागार डडेल्धुरा र बेदस्था बालगृह अमरगढी नगरपालिका -७ पोखरामा फलफूल वितरण गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

डडेल्धुरा अस्पतालमा जिल्ला कारागारमा र बालगृहमा फलफूल वितरण गरिएको नेपाल औंषधि व्यवसायी संघ डडेल्धुरा, बैतडी र दार्चुलाका अध्यक्ष ईश्वरीप्रसाद जोशीले बताए।

उनकाअनुसार तीनवटै ठाउँमा करिब डेढसय बढी जनालाई फलफूल वितरण गरिएको हो।

औंषधि व्यवसायी संघले विगतमा पनि यी यस्ता गतिविधि गर्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.