संस्थागत सुधारमा मालपोत कार्यालय डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : मालपोत कार्यालय डडेल्धुराले सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व बढाउने उद्देश्यसहित संस्थागत सुधारको अभ्यास थालेको छ।

कार्यालयमा अडियो-भिडियो सिसी क्यामेरा जडान गरी कर्मचारीको कार्य सम्पादनमाथि निगरानी बढाइएको छ।

Ird

कार्यालय प्रमुख कमलापति भट्टका अनुसार सिसी क्यामेरा स्थापनापछि सेवा प्रवाह सहज, नियमित र अनुशासित भएको छ।

HARDIK AGRo NEw

कार्यालयको संस्थागत सुधारमा अमरगढी नगरपालिका लगाएत अन्य स्थानीय तह र संघसंस्थाको सहयोगले सिसी क्यामेरा जडान गरेको भट्टले बताए।

सेवाग्राहीलाई जानकारी सहजरूपमा प्राप्त होस् भन्ने उद्देश्यले कार्यालयको मूल गेटमा कर्मचारीको फोटो, नाम, पद र सम्पर्क नम्बर राखिएको छ।

कार्यालयमा आउने सेवाग्राहीका लागि प्रतिक्षालयमा एलइडी टिभीमार्फत सेवा सम्बन्धी सूचना प्रवाह गरिँदै आएको छ।

सेवा प्रक्रियामा बारम्बार गुनासा आउने अवस्थालाई ध्यानमा राख्दै कार्यालयले सेवा प्रणालीलाई पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको प्रमुख भट्टले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.