गन्यापधुराकी मीना देउवा ‘मिस ग्राण्ड नेपाल २०२५’ की बलियो दावेदार

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाकी मीना देउवा ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि जित्ने बलियो दावेदारका रूपमा अघि बढिरहेकी छन्।

आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको प्रभावशाली संयोजनले उनले प्रारम्भिक चरणदेखि नै निर्णायकहरूको ध्यान खिच्न सफल भएकी छन्।

Amargadhi Education

मीना केवल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी मात्र होइनन्, उनी सफल युवापुस्ताकी उद्यमी पनि हुन्।

हाल स्नातक अध्ययनरत मीना गाउँको सामान्य परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा तय गर्न सफल भएकी छन्।

अजयमेरु फाैजी केरा

उनको यात्रामा उनको संघर्ष, निरन्तरता र आत्मबलको महत्वपूर्ण भूमिका छ।

उनका बुबा शेरबहादुर देउवा र आमा धर्मादेवी देउवाको साथ, मार्गदर्शन र प्रेरणाले उनलाई अझ सशक्त बनाएको देखिन्छ।

हालै सम्पन्न ३५ दिने प्रशिक्षण कार्यक्रम प्रभावशाली रूपमा सम्पन्न गरेपछि मीना अब साउनको अन्त्यमा आयोजना हुने ग्राण्ड फिनालेतर्फ अगाडि बढेकी छन्।

यदी उनले उपाधि जितिन् भने उनलाई नगद पुरस्कारसहित स्कूटर, ‘गुडविल एम्बासडर’को पद, चलचित्र अभिनयको अवसर तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ।

अहिले मीना देउवा आफ्ना समर्थक र शुभेच्छुकबीच ‘तारा’को रूपमा चिनिन थालेकी छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.