मनोकामना पुऱ्याइदिने देवी उग्रतारा

dream cafe
learnar

डडेल्धुरा : उग्रतारा प्रख्यात शक्तिपीठ हो। नवदुर्गामध्येकी एक। भगवतीले उग्र रूप लिएर राक्षस बध गरेकाले उग्रतारा नाम रहेको।

यिनको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। तिर्थालुहरु उनलाई घण्टी, फूलप्रसादी, पञ्चरङ्गी नेजा, सुनचाँदी, बोका र राँगा चढाउँछन्। मन्दिरमा लाखबत्ती पनि बाल्छन्।

Ird

मन्दिरमा कात्तिक शुक्लपक्ष पूर्णिमाका दिन देहिजाँत (जात्रा) लाग्छ। जात्रामा देवीको प्रतिमूर्ति राखेर गाँज नचाउने चलन छ।

उग्रताराको जाँतमा खनमडा, छचोडा, दमडा र जिलोडाबाट ‘चल देवता देउरो ल्याउने गरिन्छ।

जाँत (जात्रा) मर्न सुदूरपश्चिमेली मात्र होइन, छिमेकका पिथौरागढ़, नैनीताल, गढवाल, बनबासा, टनकपुर, खटिमालगायतबाट समेत तिर्थालु आउँछन्।

उग्रतारा मन्दिर हातामा विभिन्न देवदेवीका मन्दिर छन्। शिवपार्वती, भैरव, कालिका, सीताराम आदिका।

उग्रताराका विषयमा एउटा किवदन्ती प्रचलित छ। उहिल्यै मन्दिर पूर्वतिर बस्ने साँकी जातीको यहाँ खेती थियो।

एक दिन हलो जोतिरहेका बेलामा शिलामा फालो लाग्यो, त्यहाँबाट रगत निस्कियो। अचानक महावाणी सुनियो, ‘म भगवती माता हूँ, मेरो सेवा गर। तिम्रो कल्याण हुनेछ।`

त्यसपछि ती किसानले शिलालाई पूज्न थाले। यसरी भगवतीलाई फेला पार्ने किसानका सन्तान पुजारी र धामी बन्दै आएका छन्।

HARDIK AGRo NEw

मूल धामी तेजबहादुर साँकीका अनुसार मूल पुजारी नियुक्त हुने वैदिक विधान छ।

पुजारी बितेको ४० वर्ष  नाघिसक्दा पनि वैदिक विधिअनुसार पुजारी नियुक्त हुन सकेको छैन्। यस्तो अवस्थामा ब्राह्मणले भगवतीको शिलाभन्दा टाढैबाट पूजा गर्दै आएका छन्।

यसका लागि मन्दिर क्षेत्रको नचनटुक्री भन्ने ठाउँबाट उल्टो सुतेर तल शैलेश्वर महादेव क्षेत्रको श्मशानघाटमा पुगेर विधान पूरा गर्नुपर्छ।

पुजारी बितेको ४० वर्ष नाघिसक्दा पनि वैदिक विधिअनुसार पुजारी नियुक्त हुन सकेको छैन्। यस्तो अवस्थामा ब्राह्मणले भगवतीको शिलाभन्दा टाढैबाट पूजा गर्दै आएका छन्।

विद्यमान मन्दिर विसं ०३८ सालमा प्यागोडा शैलीमा पुनः निर्माण गरिएको हो। यसको रेखदेख उग्रतारा क्षेत्र विकास समितिले गर्दै आएको छ।

डडेल्धुरा बजारबाट ४ किलोमिटर दुरीमा बसेकी छिन् भगवती। अमगरगढी नगरपालिका -८ मा अवस्थित रमणीय डाँडाको मन्दिर क्षेत्र रमाइलो छ।

मौसम उघ्रिएका बेला यहाँबाट अपिशैपाल हिमशृङ्खला देखिन्छ। मन्दिरसम्म पक्की सडक छ। मन्दिर क्षेत्रमा सामान्य खाजा पसल छन्। यता डडेल्धुरा बजारमा भने सुविधायुक्त होटेल तथा रेस्टुराँको दुःख छैन्।

डडेल्धुरा कसरी पुग्ने ?
काठमाडौबाट ७७१ किलोमिटरमा डडेल्धुरा सदरमुकाम। काठमाडौबाट डडेल्धुराका लागि बस छुट्छन्। अथवा काठमाडौं-धनगढी ७५ मिनेट हवाईयात्रा।

धनगढीबाट डडेल्धुरा १३७ किलोमिटर। धनगढी र अत्तरियाबाट पनि डडेल्धुराका लागि बस छुट्छन् धनगढीबाट ४ घण्टामा डडेल्धुरा पुगिन्छ।

  • तेजबहादुर साँकी उग्रतारा मन्दिरका मूल धामी हुन्। उनको यो लेख बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकबाट साभार गरिएको हो।

तस्बिर हिमालय भट्ट 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.